भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन

जोमसोम । नेपाल भ्रमण रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत् मुस्ताङ आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथमा १०८ धारामा जलसेचन गरी मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
भारतीय सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर मार्फत् शनिबार बिहान ८ः४० बजे मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेका थिए । सेनाध्यक्षको मुक्तिनाथ भ्रमण दलमा ४ जना महिला पनि समावेश थिए । भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मुस्ताङको जोमसोमस्थित नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल र सैनिक उच्चशिखर शिक्षालयका महासेनानी खेमराज शर्माले मुक्तिनाथमा स्वागत गरेका थिए । सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको शैनिक जनसम्पर्क निर्देशानालयले पुष्टि गरेके छ । निर्देशानालयले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको मुक्तिनाथ भ्रमण नितान्त व्यक्तिगत रहेको बताएको छ ।
द्विवेदीले अरु सामान्य नागरिक जस्तै मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् । मुक्तिनाथमा उनको सुरक्षार्थ नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका थिए ।
मुक्तिनाथ मन्दिर स्थित १०८ धाराको जल शीरमा जलसेचन गरेका स्थल सेनाध्यक्ष द्विवेदीले चिसो महसुस गरेका थिए । हिउँदयाममा मुस्ताङको मौसम अत्यधिक चिसो हुन्छ । मुक्तिनाथ परिसरमा उनले १ घण्टा ५० मिनेट बिताएका थिए ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया