कास्की मोडनाइज्ड एकेडेमीमा खेलकुद

समाधान संवाददाता २०८१ मंसिर १० गते ११:२७

पोखरा ।
पोखरा १४ चाउथेमा अवस्थित कास्की मोडनाइज्ड एकेडमीले वार्षिक क्यालेन्डर अनुसार आयोजना गरेको २ दिने खेलकुद कार्यक्रम आइतबार सकिएको छ ।

Advertisement


विद्यालयकै खेल मैदानमा शुक्रबार गते नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई चकलेट दौड, मेमोरी रेस, हट पोटेटो, वनाना रेस, म्युजिकल चेयर, हाइजम्प, लङजम्प, २०० मी र ४०० मी. रिले दौड भएका थिए । उक्त कार्यक्रम संस्थापक प्राचार्य रामबहादुर मोची र विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधा नेपालीले सुरुआत गरेका थिए ।


संस्थापक प्रिन्सिपल मोचीले विद्यार्थीलाई खेलकुदले मानसिक र शारीरिक रुपमा तन्दुरुस्त बनाउने बताए । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्म खुला प्रतिस्पर्धा गराइएको थियो भने कक्षा २ देखि ५ सम्म अन्तर सदनात्मक प्रतिस्पर्धा भएको थियो ।


विद्यालयले आइतबार पोखरा रंगशालामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको अन्तर सदनात्मक खेलकुद कार्यक्रम गर्‍यो । हाइजम्प, लङजम्प, १५ सय मिटर, ८ सय मिटर, ४ सय मिटर र १ सय मिटर रिलेका साथै सट्पुट, ज्याम्लिङ थ्रा जस्ता खेलकुद भएका थिए ।


खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई प्रिन्सिपल मोची, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेपाली र सहप्राचार्य शिवलाल उपाध्यायले सम्मान गरे । विभिन्न उपसमिति निर्माण गरी ६० भन्दा बढी स्वयंसेवकद्वारा कार्यक्रम व्यवस्थापन गरिएको थियो । कार्यक्रमा अतिरिक्त क्रियाकलाप इन्चार्ज ईश्वर आले, शैक्षिक प्रमुख शिवु ढकाल र शिक्षक अनुराग अधिकारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया