सम्पादकीय—खेलाडीलाई ससानो पुरस्कार होइन माहोल मिलाइदेऊ

समाधान संवाददाता २०८१ मंसिर १० गते ११:३८

अघिल्लो साता यु–१९ नेपाली महिला क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (यएुएई) लाई ८ विकेटले पराजित गर्‍यो । त्यो एउटा जीत मात्र थिएन्, नेपालका लागि ऐतिहासिक सफलता थियो । नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्ने ढोका उघार्‍यो । समग्रमा उमेर समूहमा नेपाली महिला क्रिकेट टिमले इतिहास रच्यो । अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल सन् २००७ देखि खेल्न थालेको नेपालले विश्वकप र एसिया कप खेल्न पाउनु आफैमा गर्वको विषय हो । यो उमेर समूहको विश्वकप १८ जनवरीदेखि २ फेब्रअरीसम्म मलेसियामा हुनेछ । पहिलो संस्करणको महिला एसिया कप मलेसियामै डिसेम्बर १५ देखि २२ सम्म हुँदैछ ।

Advertisement


यो विजयले पूरै नेपाल खुसी भएको छ । गण्डकी प्रदेशले पनि यसमा झनै खुसी मनाइरहेको छ । सिनियर टिमकी सदस्य पूजा महतोको कप्तानीमा रहेको उक्त टिममा गण्डकीका ४ खेलाडी समावेश छन् । जसमा स्याङ्जाकी कुसुम गोदार, सिमाना केसी, ज्योत्स्निका मरासिनी र कास्कीकी रचना चौधरी छन् । गण्डकी प्रादेशिक क्रिकेट संघसँगै खेलप्रेमीले उनीहरुलाई गतसाता नै पोखरामा भव्य स्वागत गरे । आतुर थियो ।

बिहीबार नै नेपाल फर्केको टोलीबाट बिदा भएर गण्डकीका ४ खेलाडी पोखरा आए । पोखरा आएको टोलीलाई सम्मान गर्नका लागि प्रदेश खेलकुद परिषद्, गण्डकी, गण्डकी प्रादेशिक क्रिकेट संघसँगै खेलाडीका आफन्त र खेलप्रेमीहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । उनीहरुलाई फूलमाला र खादाले सम्मान गरी विमानस्थलबाट मोटरसाइकल ¥यालीसहित पोखरा रंगशालामा ल्याइएको थियो । प्रदेश खेलकुद परिसरले उनीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा पनि गरिसकेको छ ।


अहिले क्रिकेट खेलाडीहरुलाई पालिका, वडा र ग्रामीण तहसम्म सम्मान र पुरस्कार थाप्न भ्याइ नभ्याइ छ । यसले उनीहरुमा उत्साह पक्कै थपिएकै छ । तर राज्य र नागरिकस्तरकै तबरबाट क्रिकेट खेलका लागि जसरी लगानी हुनुपर्ने हो त्यसो भएकै छैन । एक तहको खेल जितेपछि उनीहरुलाई हौसला दिनुपर्छ । तर आगामी दिनमा समेत खेलाडीहरुलाई जीतका लागि कस्तो माहोल तयार गर्ने भन्ने बारेमा अहिले नै सोचिहाल्न जरुरी छ ।

प्रदेशमा खेलकुद परिषद् छ । जिल्लास्तरमा खेलकुद समिति र संघहरु पनि छन् । तर कामचलाउ र देखाउनकै लागि ससाना इभेन्ट गर्ने र पुरस्कार वितरण गर्नमै उनीहरु व्यस्त छन् । गण्डकीको कास्की, स्याङ्जा, नवलपुर र पर्वत जिल्लाले मात्र महिला क्रिकेटमा सहभागिता जनाउँछन् । अरु जिल्लाका खेलाडी समावेश गर्नका लागि किन ढिला गर्ने । पुरस्कार जितेपछि ससानो पुरस्कार थमाउनुभन्दा उनीहरुलाई पहिला खेलको माहोल बनाइदिने र पछि दीगो रोजगारीको प्रबन्ध गरिदिन जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया