मनकामना केबलकार सञ्चालनको २६ वर्ष पूरा, अब केबलकार हाताभित्रै सुविधा सम्पन्न रिसोर्ट

पोखरा । नेपालकै पहिलो केबलकार मनकामना केबलकारले सेवा शुरू गरेको २६ वर्ष पूरा भएको छ । केबलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना प्रमुख गन्तव्यका रूपमा स्थापित भएको छ । यो अवधिमा कम्पनीले एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्ट्स समेत पाउन कठिनाइ हुने स्थितिलाई ध्यानमा राखी प्रविधिलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेको जानकारी दिइएको छ ।
मनकामना केबलकार हाताभित्र सुविधा सम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने बताइएको छ । केबलकारले हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको बताएको छ । कम्पनीले मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गका स्थानीयलाई सहयोग गर्दै आएको जानकारी दिएको छ ।
केबलकार टिकटबाट आम्दानीकोे १/१ प्रतिशतका दरले २ प्रतिशत रकम शहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनको विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि सहयोग गर्दै आएको कम्पनीले बताएको छ ।







निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया