मुक्तिनाथमा भारतीय भक्तको भेटी—आधा किलो सुन र साढे २ किलो चाँदी भेटी

जोमसोम ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा एक भारतीय भक्तजनले लाखौं मूल्य बराबरको सुनचाँदीको सामग्री भेटी दान गरेका छन् । भारतको गोवाबाट आएका विश्वजीत प्रताप राठोले आइतबार सुनचाँदीबाट बनेको अलग/अलग सामग्री मुक्तिनाथमा चढाएका हुन् ।
राठोले आइतबार बिहान मुक्तिनाथ मन्दिरमा आधा किलो सुनबाट बनाइएको दुई थान कमलको फूल आकारको सामग्री र अर्को साढे २ केजी चाँदीबाट बनाइएको स्ट्यान्डसहितको एक थान शिवलिंग चढाएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । सुन र चाँदीले बनेको अलगअलग सामग्रीको मूल्य अनुमानित ६८ लाख रुपैयाँ बराबर हुन आउने प्रजिअ भुसालले उल्लेख गरे ।
मुक्तिनाथमा चढाएको उक्त भेटी व्यवस्थापनका लागि मुस्ताङका प्रजिअ भुसालसहित जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटी, मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्य शर्मा अर्याल र वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे मुक्तिनाथ पुगेका थिए ।
भारतीय भक्तजनले चढाएको सुन चाँदीका सामग्री उपहार व्यवस्थापनका लागि प्रजिअ भुसालको रोहबरमा मुक्तिनाथका पुजारी र मन्दिरमा कार्यरत आनीको उपस्थिति मुचुल्का उठाएर व्यवस्थित गर्ने निर्णय गरिएको प्रजिअ भुसाले बताए । प्रजिअ भुसालले मुक्तिनाथमा चढाएको उपहार स्वरुप प्रदान गरिएको सुन र चाँदीको बिल विवरण भारतीय भक्तजन राठोसंग माग गरिएको खुलाए ।
मुक्तिनाथ विकास समिति, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय, पुजारी र आनी सम्मिलित मुचुल्का अनुसार मन्दिरमा चढाएको सुनचाँदीको सामग्री सुरक्षा संवेदनशीलताका कारण जिल्ला प्रहरी कार्यालय मुस्ताङमा व्यवस्थापन गर्ने निर्णय गरिएको प्रजिअ भुसाले उल्लेख गरे । मुक्तिनाथ मन्दिरमै व्यवस्थापन गर्दा सुरक्षा जोखिम हुने सम्भावना भएकाले जिल्ला प्रहरी कार्यालयमा राख्ने निर्णय भएको प्रजिअ भुसालको भनाइ छ ।
मुक्तिनाथ मन्दिरमा बर्सेनि १ लाख भारतीय पर्यटक दर्शनका लागि आउने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । मुक्तिनाथ विकास समितिले मन्दिर परिसरमा ५ वटा दानपेटिका राखेको छ । सयभन्दा बढी नगद दान गर्ने भक्तजनका लागि मुक्तिनाथ विकास समितिका कर्मचारीले नगद रसिद काट्छन् ।
मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले पनि बेग्लै भेटी चन्दा बाकस राखेको छ । मन्दिरभित्र चढाएका सुनचाँदी गरगहनाहरु त्यहाँ कार्यरत आनीहरुले व्यवस्थापन गर्छन् । भारतीय भक्तजन राठोरले प्रशासनको समन्वयमा उक्त सामग्री चढाएकाले समिति मातहतमै रहने गरी प्रहरीको जिम्मा लगाइएको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया