जोन्टा क्लबको चित्रकला प्रतियोगिता

पोखरा ।
विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना सहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान थालनी गरेको जोन्टा क्लब अफ पोखराले सोमबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा सैनिक आवसिय विद्यालयका एरिका केसी प्रथम, पश्चिमाञ्चल सेकेण्डरी स्कुलकी रुक्साना पुनले द्वितीय, कालिका सेकेन्डरी रोश्मी मगरले तृतीय स्थान प्राप्त गरे । समता निकेतनका सुमन गैह्रेले सान्त्वना पाइन् ।
प्रतियोगिताका वितेताहरुलाई नगदसहित ट्रफी, प्रमाण–पत्रले पुरस्कृत गरियो । उनीहरुलाई आयोजक क्लबकी अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, मिस नेपाल इन्टरनेसलन करुणा रावत, क्लबकी निवर्तमान अध्यक्ष मोनिका थापा लगायतले पुरस्कार प्रदान गरे । कार्यक्रम संयोजक बन्दना कार्की केसीले समाज रुपान्तरणमा सकारात्मक सन्देश प्रवाह गर्न जोन्टाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताइन् ।
पोखराको घारीपाटनस्थित आभ्या क्लबमा सम्पन्न प्रतियोगिताका निर्णायक मनोज तामाङले सहभागी सबैले उत्कृष्ट चित्र बनाएको सुनाए । कलाकार कृपा श्रेष्ठ पनि प्रतियोगितामा निर्णायक थिइन् । क्लबकी सचिव सृजना कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया