पोखरामा फर्निचर फ्याक्ट्रीको शाखा

समाधान संवाददाता २०८१ मंसिर ११ गते १४:५६

पोखरा ।
नेपाल फर्निचर फ्याक्ट्रीले पोखरामा नयाँ शाखा विस्तार गरेको छ । काठमाडौंसहित ३ ठाउँमा शाखा रहेको फर्निचर फ्याक्ट्रीले चौथो शाखा पोखरा ५ पस्र्याङमा खोलेको हो ।


शाखाको उद्घाटन ब्रान्ड एम्बेस्डर अपिल त्रिपाठीले गरेका हुन् । यसअघि फ्याक्ट्रीको शाखा काठमाडौंसहित बुटवल र चिवतनमा थिए । १ करोड लगानी गरेर पोखरामा शाखा विस्तार गरिएको फ्याक्ट्रीका सञ्चालक सुजन अधिकारीले जानकारी दिए ।


स्वदेशी उत्पादन, नेपालमै बनेको उत्पादन नेपाल फर्निचर फ्याक्ट्रीले पोखराका ग्राहकलाई पनि विशेष सेवा, सुविधाका साथ उपलब्ध गराउने गरी शाखा विस्तार गरिएको सञ्चालक अधिकारीले बताए ।

Advertisement

फ्याक्ट्रीमा २५ हजारदेखि माथिका गुणस्तरीय सोफा उपलब्ध हुने उनको भनाइ छ । ब्रान्ड एम्बेस्डर त्रिपाठीले प्रतिस्पर्धात्मक बजारमा आफूलाई खरो उतार्न सकोस् भन्ने कामना गरे ।

Advertisement

तपाईको प्रतिक्रिया