गुरुकुल र करुणानिधि स्कुललाई भलिबल उपाधि

समाधान संवाददाता २०८१ मंसिर ११ गते १६:३९

पोखरा ।
पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगितामा छात्रतर्फको उपाधि गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधि करुणानिधि एजुकेसन फाउन्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ ।

Advertisement


प्रतियोगितामा छात्रतर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउन्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा गुरुकुलकै खेलाडी अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे ।


माउन्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफी र मेडल पाउँदा तेस्रो स्थान हाँसिल गर्दै न्यु ग्यालेक्सीले नगद १५ हजार, ट्रफी र मेडल पायो । छात्रातर्फ करुणानिधि एजुकेसन फाउन्डेसन (केफ)ले शान्ता माबिलाई ३–१ सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल बने ।


केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा केफकी खेलाडी धनकुमारी विक उत्कृष्ट खेलाडी बन्दै नगद ५ हजार र मेडल प्राप्त गरिन् । उपविजेता बनेको शान्ता माविले नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझाउनु पर्‍यो । प्रतियोगितामा तेस्रो स्थान हात पार्न सफल पश्चिमाञ्चल माबिले नगद १५ हजार, ट्रफी र मेडल पायो ।


हिरक महोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगितामा छात्रतर्फ २६ र छात्रका १३ टिमको सहभागिता थियो । हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्रतर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माविका शंकर विक दोस्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भए भने छात्रातर्फ त्रिभुवन शान्ति माविका शशि रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोस्रो र राष्ट्रिय माविका सञ्जिता विक तृतीय भइन् ।

Advertisement


छात्र/छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, ङितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगिताका विजेतालाई शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा महानगरपालिकाका वडा नं १ का अध्यक्ष साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष बरुणविक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा लगायतले पुरस्कार वितरण गरे ।

तपाईको प्रतिक्रिया