प्राइम सहकारी काण्डमा ठगी आरोपित तनहुँका श्रेष्ठ कारागार चलान

समाधान संवाददाता २०८१ मंसिर १२ गते ५:१७

पोखरा । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरका प्रतिवादी तनहुँका शंकर नारायण श्रेष्ठ  कारागार चलान भएका छन् । कास्की प्रहरीले उनलाई मंसिर ८ गते पक्राउ गरी अदालत बुझाएको थियो ।

Advertisement

जिल्ला अदालत कास्कीले मंगलबार उनीसँग ५० लाख धरौटी माग गरेकामा उक्त रकम तिर्न नसकेपछि श्रेष्ठ कारागार चलान भएका हुन् । जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने वर्ष ५६ का श्रेष्ठ एमाले नेता हुन् । उनी अघिल्लो चुनावमा ब्यासको मेयरमा पराजित हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया