कोरला सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती

जोमसोम । नेपाल चीन कोरला सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ । उत्तरी कोरला नाका स्थित सीमा क्षेत्रको ३ किलोमिटरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोमबार दिउँसो सीमा स्तम्भहरुको संयुक्त गस्ती गरेको हो ।
कोरला स्थित सीमा क्षेत्रमा पर्ने २४ नं. सीमा स्तम्भदेखि २० नं. सीमा स्तम्भको संयुक्त सुरक्षा गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । सीमा क्षेत्रमा हुन सक्ने वन्यजन्तु चोरी निकासी तथा तस्करी तथा अपराध नियन्त्रणका लागि संयुक्त सुरक्षा गस्ती गरिएको हो ।
हिउँद यामको माइनस तापक्रम सहदै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बिओपीले गस्ती गरेका थिए । गस्तीमा नेपाल प्रहरीका ५ जना र सशस्त्र प्रहरीबाट ७ गरी १२ जना खटिएका थिए ।
कोरला नाकादेखि १६ किमीयता लोमान्थाङको नेचुङमा नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको (बिओपी ) छ ।
सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा स्थानीयको सुरक्षाका लागि नेचुङमा सुरक्षाकर्मी राखिएको हो । कोरलानाको २४ नं. सीमा स्तम्भदेखि पञ्चिम डोल्पातर्फ ६ सीमा स्तम्भ छन् । कोरलादेखि पूर्व मनाङतर्फ ९ सीमा स्तम्भ छन् । उत्तरी नेपाल—चीन उत्तरी कोरला क्षेत्रको मुस्ताङतर्फ १८ देखि ३३ नं. सीमा स्तम्भ गरी १६ सीमा स्तम्भ पर्छन् ।







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया