विद्यार्थीलाई लैंगिक हिंसाविरुद्ध तालिम

समाधान संवाददाता २०८१ मंसिर १४ गते १६:४३

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ वगरको आयोजनामा १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्धको प्रशिक्षण कार्यक्रम भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले पोखरा महानगर पालिका वडा नं. १९ लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविका कक्षा ९ का विद्यार्थीलाई प्रशिक्षण दिइएको हो ।

Advertisement


जिल्ला प्रहरी कार्यालय कास्की महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सरला ढकालले सहजीकरण गरिन् । उनले महिला, बालबालिका माथि हुने लैंगिक हिंसा जवरजस्ती करणी, बालविबाह, बहुविबाह, जातिय छुवाछुत तथा घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिइन् ।


ढकालले हिसांको विरुद्ध खुलेर आवाज उठाउनुपर्ने जनायन् । ‘आफ्नो घर वरपर समाज तथा सार्वजनिक स्थानहरुमा कुनै किसिमका हिंसा भए भने नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यलय कास्कीका खबर गनुहोस्’, उनले भनिन्, ‘हिसांका विरुद्धमा खवरदारी गर्न सकिएन भने झन हिंसा बढ्दै जान्छ, तसर्थ कुनै हिसांका विरुद्ध आवज उठाउने काम गरौं ।’


इन्द्रराज्य लक्ष्मी माविका सहायक प्रध्यानाध्यापक बलबहादुर श्रेष्ठले लैंगिक हिंसा विरुद्धको कार्यक्रम विद्यार्थीका लागि अति नै महत्वपूर्ण रहेको जनाए । कार्यक्रममा इन्द्र राज्य लक्ष्मी माविका १ सय ५ छात्रछात्रालाई प्रशिक्षण दिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक चित्रबहादुर थापाले जानकारी दिए ।


लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत यस केन्द्रले हरेक दिन सचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतम कुमार हायूले बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव कृष्णबहादुर तामाङले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया