पोखरामा यामाहाको माइलेज च्यालेन्ज हुँदै

पोखरा । भिए डब्लु इन्टरप्राइजेज प्रालि, नयाँ बजार, पोखरामा यामाहा माइलेज च्यालेन्ज र र्याली हुने भएको छ।
यहि मंसिर १५ गते शनिबार हुन लागेको यामाहा रे जेडआर १२५ एफआइ हाइब्रिड माइलेज च्यालेन्ज एण्ड र्यालीमा ३० जना भन्दा बढी रेजेडआर चालकहरूको सहभागिता रहने छ।
नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माइलेज दिने स्कुटर भनेर चर्चित यामाहाको रे जेडआरका लागि यस माइलेज च्यालेन्जबाट उक्त चर्चा सत्य साबित गर्ने मौका र ग्राहकहरूबाट पाउँदै आएको भरोसालाई थप बलियो बनाउने अवसर मिल्ने कम्पनीले जनाएको छ। कार्यक्रम यामाहा शोरुम पोखराबाट सुरु भएर भुर्जुंग खोला (गण्डकी रेन्बो ट्राउट)सम्म सञ्चालन हुनेछ भने उक्त र्यालीमा बढी माइलेज दिने रे जेडआर १२५ एफआइ हाइब्रिड चालकहरूलाई विजेता तोकिने छन्।
सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे समेत जानकारी लिन यस किसिमको कार्यक्रम नियमित आयोजना गर्ने गरेको यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल बताए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया