जेब्राक्रसमा ट्रकले ठक्कर दिँदा पोखराको याम्दीमा एकजनाको मृत्यु

समाधान संवाददाता २०८१ मंसिर १५ गते १४:४८

पोखरा ।
जेब्राक्रसबाट बाटो काट्दै गर्दै ट्रकले ठक्कर दिएपछि पोखरा २५ याम्दीमा शुक्रबार साँझ एकजना पैदलयात्रुको मृत्यु भएको छ । पूर्वीरुकुम घर भई पोखरा २५ हेमजा याम्दी बस्ने ५५ वर्षीया धनकुमारी बुढाको ट्रकको ठक्करबाट मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

Advertisement


घान्द्रुकबाट पोखरा आइरहेको ग२ख १४६० नम्बरको आइचर ट्रकले बुढालाई जेब्राक्रसमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएकी बुढालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाँचथर जिल्लाको फाल्गुनन्द गापा वडा नम्बर ३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा १ बगर बस्ने ट्रक चालक पृथ्वीप्रसाद तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया