पोखरा ८ मा सेपाक ताक्रो प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ ले खेल क्षेत्रमा समेत सक्रियता बढाउन थालेको छ । जसका लागि युवा तथा विद्यार्थी लक्षित खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।
वडाले यसअगाडि युवाका लागि फुटसल प्रतियोगिता र वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता आयोजना आएकोमा अहिले विद्यार्थी लक्षित सेपाकताक्रो खेल आयोजना गर्यो ।
पोखरा ८ का विद्यालयलाई लक्षित गरी शुक्रबार भएको प्रथम सेपाक ताक्रो खेलकुद प्रतियोगिता वडाध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे ।
गण्डकी प्रदेश सेपाक ताक्रो संघ पोखरासँगको समन्वयमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा १२ विद्यालयले भाग लिएका थिए । विद्यार्थीलाई सेपाक ताक्रोसम्बन्धी जानकारी दिँदै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खेलाडी उत्पादन गर्न सघाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।
शुक्रबार आयोजित प्रतियोगितामा छात्रतर्फ जनप्रिय ए प्रथम, जनप्रिय बी द्वितीय र सरस्वती तृतीय भए । छात्रातर्फ जनप्रिय प्रथम, सरस्वती द्वितीय र अमरज्योति तृतीय भए । प्रतियोगितामा छात्रतर्फ ९ र छात्रातर्फ ७ टिम सहभागी थिए ।
तपाईको प्रतिक्रिया