विद्यालय खेलकुद महासंघ कास्कीमा कृष्णबहादुर केसी

समाधान संवाददाता २०८१ मंसिर १५ गते १६:०३

पोखरा । कास्कीमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका संस्थापक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासंघ गठन गरिएको हो ।

Advertisement

महासंघको उपाध्यक्षमा शिवप्रसाद भण्डारी (वाराही मावि), सचिव डा टेकनारायण पौडेल (हिमालयन बोर्डिङ स्कुल), कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल (एसओएस हर्मन माइनर) चयन भएका छन् । सदस्यमा हेमन्त अधिकारी, राजेश गुरुङ, आनन्दराज अधिकारी, कृष्णप्रसाद सापकोटा, विग्नेश थापा, मनबहादुर कुँवर, मनकाजी गुरुङ र चीनबहादुर रानाभाट चयन भएको जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाले जानकारी दिए ।

महासंघमा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका सबै संस्थालाई महासंघमा समेटिएको अध्यक्ष केसीले बताए । नेपाल विद्यालय खेलकुद महासंघको साधारणसभा तथा निर्वाचनका लागि कास्कीबाट जिल्ला अध्यक्ष कृष्ण केसीलाई प्रतिनिधिका रुपमा सफिारिससमेत गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको रोहवरमा शुक्रबार भएको भेलाले जिल्ला कार्यसमिति चयन र केन्द्रीय प्रतिनिधि चयन गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया