पोखरा २६ मा कृषि सञ्जाल पुनर्गठन

लेखनाथ । व्यवसायिक कृषिलाई प्रवर्धन गर्ने उद्देश्यले गठन भएको कृषि सञ्जाल पोखरा २६ को समिति पुनर्गठन गरिएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाको अग्रसरता गठन भएको समितिको संयोजकमा केशवराज ढुंगाना छन् ।
सहसंयोजकमा देवी ढुंगाना, सचिव ईश्वरराज भण्डारी, कोषाध्यक्षमा कमलबहादुर रानाभाट र सहसचिवमा शन्तोष सुवेदी छन् । सदस्यहरुमा सूर्यप्रकाश बञ्जारा, पदमबहादुर विक, वलराम अधिकारी, धरणीधर बराल, सरस्वती भण्डारी, शैलेन्द्र अधिकारी, चित्रमाया पोखरेल, टीकाराम रानाभाट, जोगबहादुर मगर, डेटप्रसाद पनेरु र दुर्गा तिमिल्सेना छन् ।
समितिको वरिष्ठ सल्लाहकारमा राजु गुरुङ, ईश्वरीप्रसाद अधिकारी, रेवती लामिछाने, चित्रप्रसाद अधिकारी र रत्नबहादुर खत्री छन् । कार्यक्रममा पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले आफ्नो वडालाई कृषि उत्पादनबाट आत्मनिर्भर बनाउनका लागि किसानलाई सहयोग पुग्ने गरी विभिन्न किसिमका अनुदानदेखि मल विउ र कृषि परामर्शको व्यवस्था गर्ने वाचा गरे । कृषि महाशाखाका प्रमुख मनहर कडरियाले वास्तविक किसान पहिचान गरी तरकारी वालीदेखि चैते धानका लागि वडा नं २६ लाई पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य सुनाए ।








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया