बेल्जियममा यौनकर्मीलाई पेन्सन

समाधान संवाददाता २०८१ मंसिर १५ गते १७:३०

ब्रसेल्स । बेल्जियमले यौनकर्मीहरूका लागि रोजगारी सम्झौतामा आधारित श्रम कानुन पारित गरेको छ । यस्तो कानुन पारित गर्ने बेल्जियम पहिलो देश हो । त्यस्तो व्यवस्था गर्ने विधेयकको पक्षमा संसदमा ९३ मत परेको थियो । ३३ मत तटस्थ थियो । विपक्षमा कुनै मत परेको थिएन । सन् २०२२ मा बेल्जियम युरोपमा पहिलोपटक स्वतन्त्र यौनकर्मीको व्यवसायलाई गैर–आपराधिक बनाउने देश बनेको थियो ।

Advertisement

द टेलिग्राफको रिपोर्ट अनुसार यो कानुनले यौनकर्मीहरूलाई स्वास्थ्य बिमा, पेन्सन, बेरोजगारी र पारिवारिक लाभ, बिदा, र मातृत्व बिदाको अधिकार प्रदान गर्छ । यो कानुनले यौनकर्मीहरूलाई विशेष अधिकार र उनीहरूको मालिकलाई निश्चित सर्तहरू प्रदान गरेको छ । ग्राहक वा यौन कार्य अस्वीकार गर्ने अधिकार, र कुनै पनि समयमा यौन कार्य रोक्ने अधिकार बिना कुनै डर वा सजायको सुनिश्चिता कानुनले गरेको छ ।

कानुन अनुसार यौनकर्मीहरूले यौन कार्य आफूले चाहेको तरिकाले गर्न पाउनेछन् र आफ्नो सम्झौता जुनसुकै बेला बिना कुनै सूचना अवधि अन्त्य गर्न सक्नेछन् । यसो गर्दा उनीहरूले बेरोजगारी लाभ गुमाउनुपर्ने छैन । यो कानुन अन्तर्गत यौनकर्मीहरूको गोपनीयतालाई संरक्षण गरिनेछ, जसले गर्दा उनीहरूले अन्य कामको लागि आवेदन गर्दा विभेदको डर बिना सहज हुन सकून् ।
कानुनमा भनिएको छ, यदि कुनै वेश्या (यौनकर्मी)ले छ महिनाको अवधिमा १० पटकभन्दा बढी ग्राहक अस्वीकार गरेमा, दलाल (पिम्प)ले सरकारी हस्तक्षेपको लागि अनुरोध गर्न सक्नेछ तर कर्मचारीलाई कामबाट निकाल्न सक्ने छैन ।

Advertisement

यौन सेवाहरू प्रदान गरिने कोठामा यौनकर्मीहरूलाई सुरक्षा अलार्मको व्यवस्था गर्नुपर्ने व्यवस्था पनि कानुनले गरेको छ । तिनीहरूले यौनकर्मीहरूको सुरक्षाको जिम्मेवारी लिने व्यक्तिसँग पहुँच सुनिश्चित गर्नुपर्नेछ । यो श्रम कानुन पोर्नोग्राफी कलाकार, स्ट्रिपर वा वेबक्याम प्रदर्शनकारीहरूमा भने लागु नहुने भएको छ ।

बेल्जियमका धेरै यौनकर्मी संघहरूले यो श्रम कानुनको स्वागत गरेका छन् । तिनीहरूमध्ये एउटा संघ युटिसोपीका प्रवक्ताले द ब्रसेल्स टाइम्ससँग भने, ‘यो कानुन अत्यन्त महत्वपूर्ण छ, कि बेल्जियमले नैतिक दृष्टिकोणबाट टाढा रहँदै पनि यौनकर्मीहरूको सुरक्षा गर्ने उद्देश्य लिएको देखाएको छ ।’ उनीहरूले यो कानुनको कार्यान्वयनले युरोपमा हालसालै देखिएको ग्राहकलाई आपराधीकरण गर्ने प्रवृत्ति उल्टाउने आशा गरेका छन् । ब्रसेल्स टाइम्सबाट

Advertisement

तपाईको प्रतिक्रिया