मंसिर १९ देखि प्याब्सन कास्कीको स्पोर्टस् मिट

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको आयोजनामा मंसिरको तेस्रो साता (प्याब्सन), कास्की १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ हुँदैछ ।
मंसिर १९ देखि २३ गतेसम्म पोखरा रंगशालामा हुने स्पोर्टस् मिटमा करिब ४ हजार ५ सय विद्यार्थी खेल्ने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासका निम्ति यो प्रतियोगिता आयोजना गरिएको प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले बताए ।
स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल हुनेछन् । यस्तै कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेलहरु हुने प्रतियोगिता संयोजक एवं ब्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले बताइन् ।
प्रत्येक २ वर्षमा हुँदै आएको स्पोर्टस् मिटमा प्याब्सनमा आबद्धमध्ये ८८ विद्यालयका करिब ४ हजार ५ सय विद्यार्थीले भाग लिन लागेको उनले जानकारी दिइन् । प्याब्सनमा हाल निजी तथा आवासीय गरी ९९ विद्यालय आबद्ध छन् । संस्थामा आबद्ध विद्यालयहरुमा ७५ हजारभन्दा विद्यार्थी छन् । साथै, ८ हजारभन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन् ।
५ दिनसम्म चल्ने प्रतियोगितामा दैनिक करिब ११ हजार विद्यार्थी, अभिभावक एवं दर्शकले खेलको अवलोकन गनेै आयोजकको अपेक्षा छ । प्रतियोगिता स ंचालन गर्न करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया