नेसनल प्याब्सन कास्कीमा खेलकुद महोत्सवको तयारी

समाधान संवाददाता २०८१ मंसिर १५ गते २१:००

पोखरा । निजी विद्यालयको छाता संस्था नेसनल प्याब्सन (एनप्याब्सन) कास्कीको आयोजनामा ‘१४ औं नेसनल प्याब्सन कास्की खेलकुद महोत्सव–२०८१’ हुदैछ ।

Advertisement

पोखरा रंगशालामा मंसिर २५ देखि २८ गतेसम्म सञ्चालन हुने खेलकुदबारे शनिबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा छात्रतर्फ फुटसल हुनेछ भने छात्र÷छात्रातर्फ बास्केटबल, भलिबल, ब्याडमिन्टन, ह्याण्डबल, टेबल टेनिस र एथलेटिक्सका खेलहरु हुने एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

उक्त खेल महोत्सवमा कास्कीका ४६ विद्यालयका ८ हजार ५ सय विद्यार्थीहरुको सहभागिता हुने एन प्याब्सन कास्कीले जनाएको छ । प्रतियोगितामा कक्षा १ देखि ७ सम्मको एउटा समुह र १ देखि १० कक्षासम्मका विद्यार्थीको अर्को समुह रहने अध्यक्ष अधिकारीले जानकारी दिए । उक्त प्रतियोगिता करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
‘एन प्याब्सन कास्कीको ईच्छा–विद्यालय तहमा खेलकुद सहितको शिक्षा’ भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मंसिर २५ गते पोखरामा रंगशालामा युवा तथा खेलकुद मन्त्री तेजुलाल विश्वकर्माले उद्घाटन गर्ने एनप्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले जानकारी दिए ।

करिब ३५ लाख खर्च हुने उक्त प्रतियोगिताले भावी खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अध्यक्ष अधिकारीले जानकारी दिए । खेल महोत्सव सम्पन्न गर्न अध्यक्ष अधिकारीको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १२ वटा उपसमिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा ‘१४ औं नेसनल प्याब्सन कास्की खेलकुद महोत्सव’ ट्रफी र लोगो अनावरणसमेत गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया