६ वर्षपछि फुटबलको लयमा फर्कंदै आदर्श युवा क्लब

समाधान संवाददाता २०८१ मंसिर १६ गते १६:३९

लेखनाथ । कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो ।

Advertisement

२०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ ।

प्रतियोगितामा आयोजकसहित गण्डकी प्रदेशका ८ समूहले भाग लिँदै छन् । आयोजक आदर्श युवा क्लब, कास्की ११, नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी सहितका विभागिय क्लब एवं तनहुँ, गोरखा र स्याङ्जाका एक/एक टिम सहभागी हुनेछन् ।

Advertisement

फुटबल मैदान मर्मत्, अस्थायी प्याराफिट निर्माण लगायतको अन्य तयारी पुरा भएको क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए । खेल प्राविधिक र रेफ्रीको समूहको निगरानीमा खेल मैदानलाई मिलाउने कार्य भइरहेको गुरुङले बताए ।

प्रतियोगिताका लागि शुभेच्छुक र विभिन्न निकायबाट आर्थिक सहयोग आउनेक्रम जारी रहेको कलवका कोषाध्यक्ष विष्णु हमालले बताए । मोफसलमा स्तरिय खेल खेलाउन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै, हमालले सवैको साथ र सहयोगले हौसला थपेको बताए ।

Advertisement

मोफसलको खेल उत्सव हो, क्लवका अध्यक्ष पदम भन्छन्, सुस्ताएको स्तरिय खेललाई फेरी जिवन्तता दिएका छौं । उनले प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत जोड दिने बताए ।

मोफसलमा आरा रारा गोल्डकप पछि आदर्श युवा क्लवले मात्र निरन्तरताको श्रृंखला जारी राखेको क्लवका पूर्व अध्यक्ष विजय गुरुङले बताए । उनले आफु अध्यक्ष हुँदा राष्ट्रिय स्तरको २२ औं र २३ औं संस्करण खेलाएको सम्झदै, त्यसले यस क्षेत्रमा खेलाडी उत्पादनमा समेत सहयोग पुर्याएको उल्लेख गरे ।

वार्षिक रुपमा प्रतियोगिता जारी राखेको भए अहिले ३५ औं श्रृंखलामा पुग्थ्यौं पूर्व अध्यक्ष गुरुङले भने—विविध कारणले सकिएन, अहिले लयमा फर्किएको छ ।

प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरकत्व प्रदान गर्दै खेल मैदान मर्मत संभारमा सहयोग गरेको छ । त्यस्तै महानगरका विभिन्न वडा कार्यालय, प्रदेशका विभिन्न कार्यालय तथा संघसंस्था र शुभेच्छुकहरुले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष गुरुङले उल्लेख गरे ।

लेखनाथ रंगशालाको स्तरोन्नति, निर्माण रोकिएको कभडहल, प्याराफिट र खेल विकासका लागि राज्यका निकायको ध्यान लेखनाथ क्षेत्रमा नपुगेको पनि अध्यक्ष गुरुङले बताए । पोखरा रंगशाला पछिको विकल्पका रुपमा लेखनाथ रंगशालालाई अगाडि बढाउन सकिन्थ्यो तर राज्यको ध्यान जान सकेन अध्यक्ष गुरुङले भने—“रंगशालालाई हामीले संरक्षण गरेर जोगाएर राखेका छौं ।”

प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ र उपविजेतालाई २ लाख २५ हजार ५ सय २५ रुपैयाँ र मेड प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया