धूप बनाउने तालिम

समाधान संवाददाता २०८१ मंसिर १६ गते १७:०५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले शुक्रबार बाटेको धूप बनाउने तालिम आयोजना गरेको छ । महिलालाई आत्मनिर्भर र क्षमतावान बनाउन आयोजित तालिममा ५० जना सहभागी थिए ।


सहकारीका अध्यक्ष रवीन्द्रमोहन अधिकारीले महिलालाई अधिकांश तालिममा सहभागी गराउने गरेको जनाउँदै सीप सिकेर आत्मनिर्भर भएर केही काम गरिरहेको उल्लेख गरे । सहकारीका उपाध्यक्ष खेमप्रसाद भण्डारीले घरेलु व्यवसायबाट पनि मनग्य आम्दानी गर्न सकिने सुनाए ।


तालिम प्रशिक्षक रेखा ओझाले बाटेको धूप बनाउने तरिकाबारे सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान दिइन् । सहकारीका महिला सदस्य पवित्रा गौतम ढुंगानाको अध्यक्षता भएको कार्यक्रममा तालिम संयोजक दीपकनाथ भण्डारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया