पोखरामा यामाहाको माइलेज च्यालेन्ज र्याली

पोखरा । पोखराका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता भिएडब्लु इन्टरप्राइजेज प्रालिले मंसिर १५ गते पोखरामा यामाहा रे जेडआर १२५ एफआई हाइब्रिडको माइलेज च्यालेन्ज र र्याली गरेको छ।
कम्पनीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिडलाई नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माइलेज दिने स्कुटर भन्दै दाबी गर्दै आएको कुरालाई सत्य साबित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो।
यामाहा रे जेडआर १२५ एफआई हाइब्रिडलाई जस्तोसुकै भू-भागमा पनि सजिलै चलाउन सकिने र अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माईलेज दिने कुरा प्रमाणित गर्न कम्पनीले पोखरामा आफ्ना ३० जना रे जेडआर १२५ एफआई हाइब्रिडका ग्राहकहरुलाई माइलेज च्यालेन्जमा सहभागी गराएको थियो।
कार्यक्रम यामाहा शोरुम पोखराबाट सुरु भएर भुर्जुंग खोला (गण्डकी रेन्बो ट्राउट)सम्म सञ्चालन भएको थियो। यस स्कुटरले समतल बाटोमा मात्र नभएर उकालो-भिरालो, खाल्डा खुल्डीमा समेत कस्तो पर्फमेन्स दिन्छ तथा कतिसम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उक्त स्थान रोजिएको थियो।
उक्त राइड-आउटमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै रे जेडआर १२५ एफआई हाइब्रिडका बारेमा समेत जानकारी गराइएको थियो। स्कुटरका बारेमा जानकारी गराउने क्रममा एमएडब्लु राइड्स प्रालिका रिजनल म्यानेजर राम बोगटीले भने, “विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ एफआई हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध गरिएका छन्: स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस। १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्रामको उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट-अफ फङ्सन र २१ लिटर अन्डर-सीट भण्डारण जस्ता सुविधाहरू छन्। स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँछ।”
र् याली समापनमा माइलेज च्यालेन्जका विजेताहरूको घोषणा गरिएको थियो। उक्त माइलेज च्यालेन्ज टेस्टमा दिपककुमार गुरुङ ७६.६७ कि.मि. प्रतिलिटर माइलेजका साथ प्रथम भए भने ७४.२९ किमि प्रति लिटर माइलेजका साथ सुनिल क्षेत्री द्वितीय तथा ७३.२० कि.मि. प्रतिलिटर माईलेजका साथ सुमित्रा गुरुङ तृतीय भए ।
तपाईको प्रतिक्रिया