काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

पोखरा । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल भएकी हुन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् ।
जवकि एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २२२० मत पाए ।
निर्वाचन आयोगका अनुसार राप्रपाका श्याम कृष्ण श्रेष्ठले ७७४ मत पाए भने एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १०९२ मत पाए ।
यस्तै स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार पशुपति कठायतले १३५ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सम शाक्यले पनि ३३४ मत पाउँदा अन्य उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् । काठमाडौँ १६ मा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया