काठमाडौं–१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

पोखरा । काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९०२ मतका साथ विजय हासिल भएकी हुन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको सो स्थानमा भएको उपनिर्वाचनमा रोजिनाले विजय हासिल गर्दा कांग्रेसका उम्मेदवार भने तेस्रो भए । कांग्रेसका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाएका हुन् ।
जवकि एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २२२० मत पाए ।
निर्वाचन आयोगका अनुसार राप्रपाका श्याम कृष्ण श्रेष्ठले ७७४ मत पाए भने एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १०९२ मत पाए ।
यस्तै स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठले ४९८ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार पशुपति कठायतले १३५ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार सम शाक्यले पनि ३३४ मत पाउँदा अन्य उम्मेदवारले भने १०० मत पनि कटाउन सकेनन् । काठमाडौँ १६ मा १८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया