डेढ सयको सित्तैमा जाँच

समाधान संवाददाता २०८१ मंसिर १७ गते १४:१२

पोखरा ।
भृकुटी आमा समूहको आयोजनामा शनिबार निशुल्क स्वास्थ्य शिविर भएको छ । श्रीकृष्ण इएनटी केयर प्रालिको प्राविधिक सहयोगमा नाक, कान, घाँटीसम्बन्धी निशुल्क शिविर भएको हो ।

Advertisement


आमा समूहको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित शिविर पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आमा समूहकी संस्थापक अध्यक्ष नानुमैया पाण्डेलाई ‘प्रेस्किप्सन कार्ड’ हस्तान्तरण गरी सुरुआत गरे ।

शिविरमा पोखरा ८ नयाँबजार क्षेत्रका १ सय ४१ जनाले स्वास्थ्य सेवा लिएको आमा समूहकी अध्यक्ष रमा नेपालीले जानकारी दिइन् । चेक जाँचपछि निशुल्क औषधी वितरण गरिएको छ ।

Advertisement


शिविरमा प्राडा कृष्ण कोइरालासहित विनयराज काफ्ले, अशोक महतो र सगुन सापकोटाको टोलीले जाँच गरेको थियो । वडाध्यक्ष बरालले शिविर आयोजना गरी आमा समूहले सह्रानीय काम गरेको बताए ।

आमा समूहकी कोषाध्यक्ष गौरी कोइरालाको संयोजकत्वमा भएको शिविरमा सिर्जना महिला बचत तथा ऋण सहरकारी संस्थाका अध्यक्ष सुस्मा बराल, सहसचिव नेत्र बयलकोटी र सचिव उजेली मल्लले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया