प्रदीपको सम्झनामा बास्केटबल प्रतियोगिता हुने

समाधान संवाददाता २०८१ मंसिर १८ गते ११:३६

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका प्रदीप गुरुङको स्मृतिमा पोखरामा पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

Advertisement


चैंपरे लेम भाइखलक घान्द्रुकको आयोजनामा पुस ३ गतेदेखि ६ गतेसम्म पोखरा महानगरपालिका १० रामघाटस्थित पुन समाजको कोर्टमा प्रतियोगिता सञ्चालन गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए ।


उनका अनुसार खुला पुरुषतर्फको विजेता टोलीलाई नगद ८० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै उपविजताले नगद ५० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Advertisement


महिलातर्फको विजेतालाई नगद २० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद १० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।


संयोजक गुरुङका अनुसार पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

Advertisement


प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए ।

तपाईको प्रतिक्रिया