कुलपति रनिङ सिल्ड तयारी

समाधान संवाददाता २०८१ मंसिर १८ गते १२:१५

पोखरा ।
गण्डकी विश्वविद्यालयको आयोजनामा दोस्रो कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । मंसिर २९ गतेदेखि पुस ३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता हुन लागेको हो ।

Advertisement


प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक डा मधुसुधन सुवेदीले जानकारी दिए । सोमबारदेखि टिम दर्ता खुला गरिएको छ । प्रतियोगिताका विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल र प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफीसहित १५ हजार दिइनेछ ।


प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापनको प्रवर्धन टेवा पुग्ने अपेक्षा गरिएको सुवेदीले सुनाए ।

Advertisement

नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना र सञ्चालन गरिएको यो विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नुका साथै अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राखेको छ । २०७९ मा भएको प्रथम कुलपति रनिङ सिल्ड उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया