सम्पादकीय—आशलाग्दो नेपाली क्रिकेट

नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । दशौं हजार दर्शकमाझ सुरु भएको एनपिएलको उत्साह हेर्दा नेपालमा साँच्चिकै क्रिकेटको क्रेज बढ्दै गएको प्रतीत हुन्छ । मुलुकको संघीय संरचनाको समेत प्रतिनिधित्व गर्दै प्रादेशिक क्लबहरुले यो प्रतियोगितामा भाग लिएका छन् । सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्स, कर्णालीबाट कर्णाली याक्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, गण्डकीबाट पोखरा एभेन्जर्स, बागमतीबाट काठमाडौं गुर्खाज र चितवन राइनोज, मधेसबाट जनकपुर बोल्ट र कोशीबाट विराटनगर किंग्सले प्रतिनिधित्व गरेका छन् । एनपिएलमा राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी छन् ।
८ फ्रेन्चाइज टिममा ४० विदेशी खेलाडी सहभागी यो खेलमा विभिन्न क्लबमार्फत एक अर्बभन्दा बढीको कारोबार हुँदै छ । यो खालको चासो, उत्साह र कारोबार नेपाली क्रिकेट क्षेत्रको विकासमा एक नयाँ कुरा हो । यति उत्साहपूर्ण रुपमा अन्तर्राष्ट्रियस्तरको खेल सुरुवात भएपछि नेपालले क्रिकेटमा आशालाग्दो भविष्य देख्न सक्छ भन्ने विश्वास गर्न सकिन्छ ।
अहिले पनि क्रिकेट क्षेत्रमा अनेक समस्या छन् । खेल मैदानको अभाव नेपालले झेल्नुपरिरहेको छ । हजारौं दर्शकले प्रत्यक्ष खेल हेर्ने मौका पाएनन् भने टिकट लिइसकेकाहरु पनि ठाउँ नहुँदा भित्र पस्न पाएनन् । सीमित पूर्वाधारबीच आयोजना गरिएको एनपिएल सरोकारवाला निकायलाई खबरदारी गर्ने माध्यम पनि बन्यो । खेलले खेलाडीलाई मात्रै उत्साहित गर्दैन, दर्शक, निजी क्षेत्र र कला क्षेत्रलाई पनि जोड्छ, भविष्यबारे सोच्ने मौका दिन्छ । यो खेल आयोजना गर्नमात्रै एक अर्ब खर्च हुने निकै ठूलो संकेत हो ।
अर्काे महात्वपूर्ण कुरा त्यो रकम सरकारी होइन, निजी क्षेत्रले बजार प्रवद्र्धनकै रुपमा खेल क्षेत्रमा लगानी गरेको छ । ८ क्लबका खेलाडीका लागि मात्रै निजी क्षेत्रले १६ करोड ८८ लाख खर्च गरेको छ । निजी क्षेत्रले खेलकुदमा लगानी गर्नु आफैंमा खेल क्षेत्रको व्यावसायिक विकासको कोसेढुंगा हो । अब निजी क्षेत्रले सरकारसँग मिलेर सार्वजनिक–निजी साझेदारी मोडलमा खेल पूर्वाधार विकासमा पनि लगानी गर्न सक्छन् भन्ने यसले देखाउँछ । त्यसरी निर्माण भएका संरचना उपयोग हुन सक्छन् भन्ने आशासमेत गर्न सकिन्छ ।
खेला ४० विदेशी खेलाडी सहभागी छन् । जसका लागि क्लबहरुले एउटै खेलाडीलाई दुई करोडभन्दा बढी रकम दिएका छन् । विश्व स्तरका चर्चित खेलाडीको सहभागिता र प्रत्यक्ष प्रसारण हुने कुराले नेपालमा पनि अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सम्भव छ भन्नसमेत देखाएको छ । यसले नेपाल र नेपालको खेल क्षेत्रलाई नै विश्वमा चिनाउन भूमिका खेलेको छ । नेपालका खेलाडी विश्वका विभिन्न क्लबमा अनुबन्ध भएर खेल्नु नयाँ होइन तर नेपालकै क्लबहरुले पनि विश्वका चर्चित खेलाडी अनुबन्ध गर्नसक्नु अर्को सफलता हो । नेपाललाई शानदार ढंगले विश्व कपमा पुर्याउने खेल क्रिकेट बनेको छ । पूर्वाधार निर्माण र क्रिकेटको व्यावसायिकताका लागि सरकार र निजी क्षेत्रको प्रयास जरुरी छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया