नेपाली कांग्रेस कास्की सय दिने अभियान तयारीमा

समाधान संवाददाता २०८१ मंसिर १८ गते १८:४९

पोखरा । नेपाली कांग्रेस कास्कीले जिल्लामा पार्टीको एक सय दिने अभियान सुरु गर्नका लागि आवश्यक तयारी थालेको छ । तयारी स्वरुप कास्की कांग्रेसले मंगलबार जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, प्रदेश, महानगर पालिका र गाउँपालिका सभापतिहरुको संयुक्त बैठक गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

Advertisement

अभियानका कास्की जिल्ला प्रतिनिधि एवं केन्द्रीय सदस्य गोविन्द भट्टराईको विशेष उपस्थितिमा बैठक गरी अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छmलफल गरिएको हो । जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शशक्त बनाउनका लागि अभियान महत्वपूर्ण हुने केन्द्रीय सदस्य भट्टराईको भनाइ छ ।

कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले बैठकबाट प्राप्त सुझालाई समेटेर अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याइने जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया