आइटिएफ जे ३० टेनिस जारी
पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे ३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्र्स/ब्वाइज सिंगल्स जारी छन् भने गल्र्स/ब्वाइज डबल्सतर्फका खेलहरु सुरु भएका छन् ।
प्रतियोगिताको दोस्रो दिन ब्वाइज सिंगल्सतर्फ पहिलो राउन्डको दोस्रो दिनको खेलमा प्रनव मानन्धर (नेपाल)ले श्रीकर धोनी (भारत) लाई ६–१, ७–५ ले पराजित गरे । त्यसै गरी हैनुओ गुओ (चीन) ले यश्विन दहिया (भारत) लाई २–६, ६–१, ६–१ ले पराजित गर्दा, हान्बो जू (चीन)ले प्रबीर मुकेश छावडा (भारत) लाई ६–४, ६–३ ले पराजित गरे ।
आरभ सम्राट हाडा (नेपाल)ले विवान बिदासरिया (भारत) लाई ६–१, ७–६(९) ले पराजित गरे भने भारतका चन्न मल्लिकार्जुन यालेले नेपाली खेलाडी शाश्वत बज्राचार्यलाई ६–१, ६–२ ले पाखा लगाए ।
यता, गल्र्स सिंगल्सतर्फ शगुनकुमारी (भारत)ले प्रज्ञा मानन्धर (नेपाल) लाई ६–१, ६–२ को सोझो सेटमा पराजित गरिन् भने रानिया ठाकुर (भारत)ले आइशा डोलकर गुरुङ (नेपाल) लाई ६–१, २–६, ६–१ ले पराजित गरिन् ।
प्रतियोगिताको दोस्रो दिन ब्वाइज र गल्र्स डबल्सतर्फका खेलहरु सुरु भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताएका छन् । ब्वाइज डबल्स– १६ को राउन्ड (पहिलो राउन्ड) नेपाली खेलाडी जोडी आयुष्मान हजुर घले र सक्षम विक्रम शाह भारतिय खेलाडी ओजस मेहलावत र अधिराज ठाकुर संग ६–४, ६–४ ले पराजित भएका छन् ।
यस्तै, केजुन डेंग र हान्बो जू (चीन) ले वीर मादम र व्योम शाह (भारत)लाई ६–३, ६–४ ले पराजित गर्दा श्रीकर धोनी र शोवर्य सामला (भारत) ले नितिनभरत केएस (भारत) र दर्शील श्रेष्ठ (नेपाल) लाई ६–३, ६–४ ले तथा अमित मुण्ड (भारत) र प्रतीक नाविन (अष्ट्रेलिया)को जोडीले आदित्य मोर र प्रकाश शरण (भारत) लाई ४–६, ७–६(४), ृ११–९े ले पराजित गरेका छन् ।
गल्र्स डबल्स १६ को राउन्ड (पहिलो राउन्ड)मा शिवाली गुरुङ र सुनिरा थापा (नेपाल) ले मायरा टोपनो र व्रन्दिका भगवत राजपुत (भारत) लाई ६–०, ६–१ ले, सौम्या चटर्जी र शगुनकुमारी (भारत) ले प्रज्ञा मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठ (नेपाल) लाई ६–३, ६–० ले, स्वस्तिका बिष्ट (नेपाल) र अपरा खन्दारे (भारत) ले रीत अरोरा र आर्या बोरकर (भारत) लाई ६–२, २–६, १०–४े ले, नन्दिनी कंसल र रानिया ठाकुर (भारत) ले नोरा चौधरी (क्यानाडा) र सारा चौधरी (भारत) लाई ७–५, ६–४ ले तथा दिशा बेहेरा र अर्जन खोराकीवाला (भारत) ले तियानरान डोङ र यौयू लिउ (चीन) लाई ६–१, ६–१ ले पराजित गरेका छन् भने आइशा डोल्कर गुरुङ र जेनि खड्का (नेपाल) ले मानसी सिंह र न्यान्सी सिंह (भारत) लाई ६–३, ५–७, १०–६ ले पराजित गरे ।
मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किटका खेलहरु एक साता सञ्चालन हुने छन् । पहिलो सर्किट अन्तर्गत विभिन्न १० देशका ब्वाइजतर्फ ७० र गल्र्ससतर्फ ३५ गरी १ सय ५ जना प्रतिष्पर्धामा रहेको कास्की टेनिसका सचिव भीष्मराज पौडेलले बताए । सहभागी देशमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरिया छन् ।
प्रतियोगितामा १३ देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिस्टले ९ अंक, क्वाटर फाइनालिस्टले ५ र आर–१६ ले २ अंक प्राप्त गर्ने छन् । डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमिफाइनालिस्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्ने छन् ।
प्रतियोगितामा पुरुष सिंगल्स तथा डबल्स, महिला सिंगल्स तथा डबल्स गरी ४ इभेन्टमा जारी प्रतियोगितामा विजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता गर्न करिब २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया