‘कहिले जीत हुन्छ’ बजारमा

समाधान संवाददाता २०८१ मंसिर १९ गते १०:४९

पोखरा ।
जीवनका अनेकौं भोगाइलाई समेटिएको नयाँ आधुनिक गीत बजारमा आएको छ । मिमप्रसाद पौडेलका शब्द रहेको यो गीतमा केशव वादीको आवाज छ भने संगीत संयोजन छ ।

Advertisement


केही दिनअघि मात्र सार्वजनिक भएको यो गीतले केवल संघर्ष र परिश्रमको कहानीमात्र होइन, जीवनका प्रत्येक मोडमा सकारात्मक दृष्टिकोण राख्न सन्देश दिन्छ । जीवनमा रातपछि दिन आउँछ र रातमा आउने जूनको सुन्दरता नियाल्नका लागि पनि जीवनका अँध्यारा रातलाई स्वीकार्नुपर्ने भाव गीतमा छ ।


जीवनका विभिन्न भावलाई समेट्ने सुगम संगीतका पारखीहरुबाट गीतमाथि उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको गीतकार पौडेल बताउँछन् ।

तपाईको प्रतिक्रिया