नीलगिरी बोर्डिङ स्कुल ३७ वर्षमा
पोखरा ।
नीलगिरी इङ्लिस बोर्डिङ स्कुलले शनिबार विद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभभावक दिवस मनाएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीमा मेहनत नगर्ने बानीको विकास हुँदै गएका कारण शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल नआएको टिप्पणी गरे ।
उनले विद्यार्थीको वैदेशिक शिक्षाप्रतिको मोहले देशको समग्र शैक्षिक प्रणाली नै प्रभावित भएको जनाए । आचार्यले अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई स्वदेशमै पढाउन र स्वावलम्बी बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । मनोरञ्जनपूर्ण विविध साँस्कृतिक कार्यक्रम तथा शैक्षिक पुरस्कार वितरणका साथ कार्यक्रम भएको हो ।
कार्यक्रममा २०८० को एसइइमा विद्यालयको तर्फबाट सर्वोत्कृष्ट जिपिए हासिल गरेका एन्जल अधिकारी र नयन त्रिपाठीलाई नीलगिरी पदक प्रदान गरिएको छछ । उनीहरुलाई आजर्ना स्मृति फाउन्डेसनका तर्फबाट जनही १० हजार नगद र प्रशंसापत्रसहित सम्मान गरियो । आर्जना स्मृति अक्षयकोषका संरक्षकद्वय दिलीप दोषी र नीरा श्रेष्ठले उनीहरुलाई सम्मान गरे ।
कार्यक्रममा शैक्षिक वर्ष २०८० मा तहगत रुपमा सर्वोत्कृष्ट अंक हासिल गर्ने अरविन पौडेल, आरुसी गोतामे र सुहानी मगर पनि सम्मानित बने । कार्यक्रमका अध्यक्ष रामु गुरुङले अभिभावकलाई आफ्ना छोराछोरीको शैक्षिक गतिविधि र विकासमा विशेष ध्यान पु¥याउन आग्रह गरे ।
प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, अभिभावक हरिकुमार श्रेष्ठ, विद्यालय संयोजक वसन्त सिग्देल, सहप्राचार्य अमृत सुवर्णकार लगायतले कार्यक्रममा बोलेका थिए ।
तपाईको प्रतिक्रिया