अलकापुर आमा समूहको रक्तदान

समाधान संवाददाता २०८१ मंसिर १९ गते ११:१९

पोखरा ।
अलकापुर आमा समूह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार भएको खुला रक्तदानमा ४८ जनाले रगत दिएका छन् ।

Advertisement


पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँ र नेपाल रेडक्रस सोसाइटी कास्की शाखा सभापति दण्डराज शर्माले पहिलो रक्तदाता सूर्यराज पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे ।


नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अलकापुर आमा समूहकी अध्यक्ष गीता शर्मा र.सचिव सुनिता शर्मा कँडेलले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया