समान तहमा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था बनाउन प्रदेश लोक सेवा आयोगहरुले पहल गर्ने

समाधान संवाददाता २०८१ मंसिर १९ गते १५:५६

पोखरा ।

Advertisement

सातै प्रदेशका लोक सेवा आयोगहरुले समान तहको पदमा प्रतिस्पर्धामा भाग लिन नपाउने कानूनी व्यवस्थाका लागि पहल गर्ने भएका छन् ।

पोखरामा बुधबार भएको सम्पन्न सम्मेलनले मापनयोग्य मानक सहितको सिद्धान्त र मापदण्ड प्रदेश लोक सेवा आयोगहरूसँग समन्वय गरी सार्वजनिक गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने घोषणा गरेको छ ।

Advertisement

संगठन संरचना तथा पद दर्ता सम्बन्धी कार्य सम्पन्न गरी आयोगबाट सिफारिस भई नियुक्ति भएका कर्मचारीहरूको व्यक्तिगत विवरण (सिटरोल) दर्ता तथा अध्यावधिकको कार्य गर्न सरकारलाई अनुरोध गर्ने आयोगको भनाइ छ ।


‘प्रदेश लोक सेवा आयोगहरूबाट पदपूर्ति सम्बन्धी एकरुपता कायम गर्ने, आयोगका पदाधिकारीहरूको नियुक्ति, सेवाका शर्त र सेवाबाट अलग हुने व्यवस्था, बढुवा समितिमा रही खेल्ने भूमिका र पदीय हैसियतका आधारमा कायम गरिएको मर्यादाक्रमलाई पुनरावलोकन गर्न अनुरोध गर्नेछौं,’ बैठकपछि जारी घोषणापत्रमा उल्लेख छ ।

Advertisement


सम्मेलनमा प्रदेश लोक सेवा आयोग गण्डकीका अध्यक्ष विष्णुप्रसाद नेपाल, कोशीका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईं, मधेशका अध्यक्ष शिवराम यादव, लुम्बिनीका डिलाराम भट्टराई बागमतीका महेश्वर श्रेष्ठ, कर्णालीका रामप्रसाद उपाध्याय, सुदरपश्चिमका यज्ञराज बोहरा लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया