आदर्श कपमा ८ टिमको सहभागिता

समाधान संवाददाता २०८१ मंसिर १९ गते १८:१७

पोखरा । आदर्श युवा क्लबको आयोजनाको लेखनाथमा हुन लागेको २५ औं सस्करणको आदर्श कपको सम्पूर्ण तयारी पूरा भएको छ ।

Advertisement

पोखरा २९ भण्डारढिक खेल मैदानमा मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको क्लबले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल विकास हाम्रो दृढता’ भन्ने नारासहित ६ वर्षपछि पुनः सञ्चालन गर्न लागिएको क्लबका अध्यक्षले पदम गुरुङले जानकारी दिए ।

प्रतियोगितामा गण्डकी प्रदेशका ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त अध्यक्ष गुरुङले जानकारी दिए । उपविजेतालाई नगद २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, सिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

Advertisement

विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा हरेक खेलबाट म्यान अफ द म्याच हुने खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा प्रवेश शुल्क सेमिफाइनलसम्म सय रुपैयाँ र त्यसपछि नगद १ सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ । बिक्री भएका टिकटबाट प्रति टिकट १५ रुपैयाँ लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरिने अध्यक्ष गुरुङले बताए ।

Advertisement

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितालाई सौर्य सिमेन्ट इन्डस्ट्रिज प्रालिले मुख्य प्रायोजन गरको छ ।

तपाईको प्रतिक्रिया