सहारामा पानी शुद्धीकरण यन्त्र हस्तान्तरण
![](https://www.samadhannews.com/wp-content/uploads/2024/12/Jp-Sahara-Avi.jpg)
पोखरा । पोखरा–९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधि सहितको तातो चिसो पानीको सुविधासहितको धारा हस्तान्तरण भएको छ ।
पोखरा ९ का समाजसेवीहरु अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभी प्रविधिसहित तातो÷चिसो पानि आउने धाराहरु गरी निर्माण पश्चात विद्यालयलाई हस्तान्तरण भएको थियो । कार्यक्रममा स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले कुल ३ ओटा धाराहरुमार्फत विद्यार्थीहरुले सुविधा लिन सक्ने धाराहरु बनाई पानी जस्तो पुनित कार्यमा विद्यालयलाई माया मानेर हस्तान्तरण गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा सिद्ध, सेतुली प्रतिष्ठान कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले दाताहरुलाई धन्यवाद दिए । उनले विद्यालयलाई स्थापित गराउन विद्यार्थी, शिक्षक र संरचनामात्र नभई आफ्नै जग्गा हुनुपर्ने खाँचो औंल्याए । पोखरा वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले दाताहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सरकारले निशुल्क शिक्षाको अवधारणा ल्याए पनि कार्यान्वयनमा चुकेको धरणा राखे । पोखराका जम्मा ५ वटा आधारभूत विद्यालयहरु मात्रै १५० भन्दा धेरै विद्ययार्थी रहेको मध्य सहारा पनि १ रहेको तर दरबन्दी व्यवस्थापन गरी विद्यालयलाई प्रदान गर्ने नसकेकोमा दुःख व्यक्त गरे । विभिन्न अभावका बाबजुद पनि विद्यालयले शैक्षिक, भौतिक रुपमा क्रमश उचाइ हाँसिल गरिरहेकोमा स्थानीय तह विव्यस, प्रधानाध्यापक, शिक्षकहरु, अभिभावक, लगायत सम्पूर्ण विद्यालय परिवारलाई कृतज्ञता व्यक्त गरे ।
विद्यालयका शिक्षक सुदीप कोइरालाले सञ्चालन गरेको कार्यक्रमको समापनका क्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले विपन्न तथा अव्यवस्थित वस्तिका करिब २६० अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्ष्य गरी कार्यक्रम विद्यालयमा ल्याएकोमा दाताहरुद्वय अमर गुरुङ र अर्जुन मैनालीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगी मनहरुको चासो र सक्रियताले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरलाई फड्को मार्न सकिने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया