संगम सहकारीको रक्तदान

समाधान संवाददाता २०८१ मंसिर २० गते ९:३८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परीक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा १८ जनाले रक्तदान गरेकामा ८ जना पहिलोपटकका नयाँ रक्तदाता थिए । त्यस अवसरमा सुगर प्रेसर ८५ जनाले जाँच गराएका थिए ।

Advertisement


कार्यक्रममा अल नेपाल होमियोप्याथिक एसोसियसन गण्डकी प्रदेश समितिका अध्यक्ष तथा आरोग्यधाम होमियोप्याथिक हस्पिटलका संस्थापक डा. विष्णुप्रसाद चापागाईंले रक्तदानको फाइदा बारे बताए ।


प्रादेशिक रक्तसञ्चार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, पोखरा हस्पिटलका सुपरभाइजर बुद्ध गुरुङ, सहकारीका व्यवस्थापक बृहस्पति अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष कृष्ण रानाभाट, पूर्वप्रनानी पुष्पकमल श्रेष्ठ, संस्थाका कोषाध्यक्ष भरतबहादुर थापा, चौतारी आमा समूहकी अध्यक्ष मनु थापा लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

Advertisement


संगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बुद्धिमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे टोलबिकास संस्था (क) का अध्यक्ष तुलबहादुर गुरुङले स्वागत र संचालन शिक्षा उपसमिति संयोजक तिलक थापाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया