पोखरा महानगरको विशेष नगर सभा आज बस्दै

समाधान संवाददाता २०८१ मंसिर २० गते ११:१८

पोखरा ।

Advertisement

करारका कर्मचारीलाई निस्काशन गरेको विषयमा छलफल गर्न पोखरा महानगर पालिकाको नगर परिषद्को विशेष नगर सभा आज बस्दै छ । पोखरा सभागृहमा विशेष नगर सभाको तयारी गरिएको छ ।

पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य र नेपाली कांग्रेसका वडा अध्यक्ष सम्मिलित वोर्ड बैठकले करारका कर्मचारीलाई वेरितपूर्वक निकालेको भन्दै नेकपा एमालेका जनप्रतिनिधिहरुले विशेष नगरपरिषद्को माग गरेका हुन । एमालेका वडा अध्यक्षहरुले बहिस्कार गरेको बोर्ड बैठकले २८ जना कर्मचारीलाई कामबाट हटाउने निर्णय गरेको थियो ।

Advertisement

उपमेयर मन्जूदेवी गुरुङ विदेश गएको बेलामा एमालेका जनप्रतिनिधि सहभागी नभएको नगर बैठकले कर्मचारी निस्काशन गरेको भन्दै एमालेका जनप्रतिनिधि आन्दोलित छन ।

पोखरा महानगर पालिकाको बोर्डमा एमाले अल्पमतमा रहेको भए पनि नगर परिषदमा एमालेको बहुमत छ ।

Advertisement

तपाईको प्रतिक्रिया