भृकुटी आमा समूहको सहयोग

समाधान संवाददाता २०८१ मंसिर २० गते १३:१४

पोखरा ।
भृकुटी आमा समूहले नेपाल कुस्ठरोग निवारण संघ पोखरा आरोग्य आश्रमलाई सहयोग गरेको छ । बुधबार १० औं वार्षिक उत्सवको अवसरमा सहयोग गरेको हो ।

Advertisement


आश्रममा रहेका बिरामीलाई १३ थान ब्लांकेट, खाजा सामग्री, नगद सहयोग गरिएको संस्थाका अध्यक्ष रमा नेपालीले जानकारी दिइन् ।


कार्यक्रममा संस्थापक अध्यक्ष नानुमाया पाण्डे, उपाध्यक्ष विष्णु श्रेष्ठ, पूर्वकोषाध्यक्ष सावित्री शाही, माया नेपाली, सदस्यहरू राममाया नेपाली, लक्ष्मी पौडेल, खुमकुमारी मगर, आश्रमका सचिव शान्ति शिडे सिग्देल लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया