घार्मीमा परम्परागत भूमे पूजा

समाधान संवाददाता २०८१ मंसिर २० गते १६:३०

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नं. १९ मा वसोवास गर्ने व्राह्मण समुदायले सामूहिक रुपमा परम्परागत भूमे पूजा गरेका छन् ।

साविकको लामाचौर गाविस वडा नम्बर ५, ६, ७, ८, र ९ मा रहेका करिब ५ सय घरधुरीका व्राह्मण समुदायले घार्मीमा रहेको भूमे पुज्ने सामुदायिक वनमा पुगी त्यहाँ रहेको भूमि देवतास्थलमा विधिपूर्वक पूजा अर्चना गरे । परापूर्वकाल देखिनै वर्षको २ पटक बाली लगाउने र भित्रयाउने समयमा भूमे देवताको विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको छ ।

Advertisement

सहभागी भक्तजनले भूमि देवताको पूजा गर्दै बर्खे बाली सप्रिएकोमा खुसी हुँदै आगामी दिनमा पनि कुनै विग्नवाधा नपरोस भन्दै अन्न तथा फलफूल चढाएको पूजा व्यवस्थापन समितिका बलराम पौडेलले बताए ।


उक्त दिन खनजोत गर्न नहुने तथा पूजा गरेपछि मात्र खेतीपाती लगाउने परम्परा त्यस क्षेत्रमा अझै पनि छ । पूजास्थल व्यवस्थित नहुँदा पूजा गर्न जानेलाई समस्या पर्ने गरेको छ । खानेपानी तथा भवनको अभावमा पूजामा सहभागी वृद्घ तथा बालबालिकाले ठूलो समस्या भोग्नु परेको हो ।

Advertisement

पूजास्थल व्यवस्थित गर्न पटक पटक प्रयास भएपनि त्यसले सार्थकता पाउन भने सकेको छैन ।वडाले वजेट विनियोजन गरेपनि जग्गा मिलाउने विषयमा समस्या भएपछि भुमे मन्दिर र भवन निर्माण हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया