पूर्व प्रधानमन्त्री भट्टराईले भेटे कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने

पाेखरा । पूर्व प्रधानमन्त्री एव नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग शुक्रबार बिहान भेट गरेका छन् ।
रविलाई भेटेर बाहिरिएपछि भट्टराईले राज्य पक्षले एकपछि अर्को ढंगमा रविमाथि दुख दिने काम गरेरहेको बताए । राज्यबाट अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै उनले रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।
उनले भने, ‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ,’ भट्टराईले भने, ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।’
कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी लामिछानेलाई पोखरा ल्याएर हिरासतमा राखिएको छ । उनीमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत् अपचलन गरेको आरोप छ । यसबीचमा उनलाई बयानका लागि बुटवल, काठमाडौं र चितवन लगेर बयान लिइसकिएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया