सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपित पोखराका कृष्ण गुरुङ त्रिभुवन विमानस्थलबाट पक्राउ
समाधान संवाददाता
२०८१ मंसिर २१ गते १३:४७
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका पोखराका कृष्ण गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीका साधारण सदस्य उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
उनी कतार जान लागेका थिए । बिहीबार नै पोखरा ल्याएर शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।
सूर्यदर्शनकै रकम अपचलनको आरोप लागेका पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया