लामाचौरकी ऋतुले सिजी नेटबाट स्कुटर जितिन्

पोखरा । चौधरी ग्रुप अन्तर्गत रहेको सिजी नेट जडानमार्फत पोखरा लामाचौरकी ऋतु गुरुङले स्कुटर जितेकी छन् । गत मंसिर ७ गते काठमाडौँमा भएको लक्की ड्र मार्फत गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन् । उक्त स्कुटरको हाल बजार मूल्य २ लाख ६५ हजार रुपैयाँ छ ।
पोखराको अर्चलबोटमा रहेको सिजी प्लाजामा शुक्रबार गुरुङलाई सिजीका सेल्स एन्ड मार्केटिङ नेसनल हेड आकेश जैसवालले स्कुटरको चाबी हस्तान्तरण गरे ।
देशैभरिबाट २ महिनाको अवधिमा सिजी नेट जडान गर्ने नयाँ तथा रिन्यु गर्ने ग्राहकहरुबाट लक्की ड्रमार्फत पोखराकी ऋतु गुरुङ बिजेता बन्न सफल भएको नेसनल हेड जैसवालले बताए ।
२ महिनाको उक्त अफरको बिचमा दैनिक, साप्ताहिक, मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे । सिजी नेटले गएको असोज १ गतेबाट कात्तिक ३० गतेसम्म ‘ल है आयो हातै खाली नरहने अफरको बहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखरा शाखाका म्यानेजर दीपेश सिग्देलले जानकारी दिए ।
स्कुटर विजेता ऋतु गुरुङले आफूले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् । उनले सिजी नेट जडानपश्चात सहज रुपमा इन्टरनेट सेवा प्राप्त गरेको उल्लेख गरिन् ।
कार्यक्रममा सिजी फुडबाट गण्डकी प्रदेश म्यानेजर सुनील सुवेदी, सिजी ब्रुअरीका गोपाल पुरी, सिजी बेब्रेजका सुमन पोखरेल, सिजी डिजिटल इन्चार्ज रञ्जिता पहारी लगायत सिजी ग्रुपका अन्य कर्मचारीहरुको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया