मुस्ताङमा ११ महिनामा सवा लाख विदेशी पर्यटक

जोमसोम । सन् २०२४ को नोभेम्बर महिनासम्म अर्थात ११ महिनामा १ लाख २८ हजार ९९१ जना विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेका छन् । मुस्ताङमा विदेशी पर्यटकको आगमन औसत अहिलेसम्मकै उच्च रहेको अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना एक्यापको तथ्यांकले देखाउँछ ।
सन् २०२४ समाप्त हुन एक महिना बाँकी रहँदा सन् २०२३ को विदेशी पर्यटकको तथ्यांकमा २९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको देखिन्छ । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।
मुस्ताङमा सार्क राष्ट्रबाट सबैभन्दा बढी पर्यटक भारतीय रहेको एक्याप जोमसोम कार्यालयको तथ्यांकले देखाउँछ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि अत्यधिक मात्रामा भारतीय पर्यटक मुस्ताङ आउने गरेका हुन् । पोखरा—जोमसोम हवाई मार्ग हुँदै र बेनी—जोमसोम राष्ट्रिय सडकमार्ग हुँदै भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन गरी फर्किएसँगै भारतीय पर्यटकको मुक्तिनाथ आगमन बर्सेनि वृद्धि हुँदै जान थालेको हो ।
यसैगरी सार्क राष्ट्रबाहेक अन्य मुलुकका विदेशी पर्यटकहरु पनि अन्नपूर्ण सरक्षण क्षेत्र आयोजनाको राउण्ड चर्किय पदमार्ग हँुदै मुस्ताङ प्रवेश गर्छन । लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने अन्य मुलुकका विदेशीले गर्दा मुस्ताङमा विदेशी पर्यटक चहलपहल बढेको हो । सन् २०२४को जनवरीदेखि नोभेम्बरसम्ममा भित्रिएका विदेशी पर्यटकमध्ये ७६ प्रतिशत सार्क र २४ प्रतिशत अन्य मुलुकका विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका हुन् ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया