राप्रपा नेता ज्ञानेन्द्र शाहीले भेटे हिरासतमा रवि लामिछाने

पोखरा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भेट गरेका छन्
शाहीले शनिबार हिरासतमै पुगेर लामिछानेलाई भेटेका हुन् । भेटपछि शाहीले लामिछानेलाई हिरासतमा राख्दा मानवअधिकारको गम्भीर उल्लंघन भएको बताए । लामिछानेलाई मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याइएको आरोप शाहीले लगाए । यसका बारेमा सत्यतथ्य छानबिन हुनुपर्ने उनको भनाइ छ ।
प्रेसर भएको मान्छेलाई औषधीसमेत नदिएर प्रहरीले गलत व्यवहार देखाएको शाहीले बताए ।
शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस्,’ शाहीले भनेका छन्, ‘कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।’
यसअघि शुक्रबार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लामिछानेलाई भेटेका थिए । अध्यक्ष लामिछाने कात्तिक ३ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् ।







अर्जुनचौपारी पोखरा समाजको अध्यक्षमा काफ्ले निर्वाचित
पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया