नेसनल प्याब्सन खेलकुद महोत्सव

सडक दौडमा छात्रतर्फ दुतमान र छात्रातर्फ कविता प्रथम

समाधान संवाददाता २०८१ मंसिर २२ गते १९:१७
filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; module: advanced; hw-remosaic: false; touch: (0.7685185, 0.11180556); modeInfo: ; sceneMode: 0; cct_value: 5300; AI_Scene: (-1, -1); aec_lux: 125.0; aec_lux_index: 0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0; albedo: ; confidence: ; motionLevel: 0; weatherinfo: null; temperature: 27;

पोखरा ।

Advertisement

एनप्याब्सन कास्कीले आयोजना गरेको ५ किमी सडक दौडमा छात्रतर्फ सिद्धार्थ लबडेल बोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रातर्फ त्रिवेणी पब्लिककी कविता घर्ती क्षेत्री प्रथम भएका छन् । शनिबार बिहान भएको ५ किमी सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेन्डमा पूरा गरे ।

यस्तै छात्रतर्फ अक्सफोर्ड स्कुलका ईश्वर ढकाल दोस्रो, न्यु लेखनाथ पब्लिकका अजय कार्की तेर्सो, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्षम भुजेल चौचो र फेवा बोर्डिङ स्कुलका जोगबहादुर गुरुङ पाँचौ भए ।
त्यस्तै छात्रातर्फ कास्की मोडनाइज्ड एकेडेमीकी शीतल भण्डारी दोस्रो, ज्ञानज्योति विद्याकुञ्ज माविकी ओममाया गुरुङ तेस्रो, लेभन रेसिडेन्सियलकी युकिना भारी चौथा र अल्फा एकेडेमीकी कृष्ण तिवारी पाँचौ भइन् ।

त्यसैगरी शिक्षक शिक्षिकतर्फ भएको ५ किमी सडक दौडमा शिक्षकतर्फ हेम्जा बोर्डिङ स्कुलका धीरन घर्तीमगर प्रथम, त्रिवेणी पब्लिकका विवेक श्रेष्ठ दोस्रो, लिटिल फ्लावर एजुकेसन एकेडेमीका शंकरप्रसाद शाह तेस्रो भए ।
त्यस्तै शिक्षिका तर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ प्रथम, हेम्जा बोर्डिङ स्कुलकी प्रतिक्षा सुवेदी दोस्रो र कान्तिपुर एकेडेमीकी दिक्षा शाही तेस्रा भए ।

सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Advertisement

सडक दौड पोखरा रंगशालाबाट शुरु भई पृथ्वीचोक, सभागृह, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै रंगशालामा आएर समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले जानकारी दिए ।

शनिबार नै भएको छात्र फुटबलतर्फ सनराइज प्रिप्याराटोरीले डायमन्ड मोडेल स्कुललाई १–० ले पराजित गर्दा सिद्धिविनायक बोर्डिङ स्कुलले अल्फा एकेडेमीलाई ३–० ले पराजित गर्‍यो ।


युनिभर्स बोर्डिङ स्कुलले वागमारा एकेडेमी गार्डनलाई ३–० ले पराजित गर्दा नेसनल क्रियसन एकेडेमीले हिल साइड सेकेन्डरीलाई ७–० ले पराजित गर्‍यो ।

त्यस्तै फेवा बोर्डिङ स्कुलले रत्नज्योति माविलाई ३–० ले पराजित गर्दा साइनिङ स्टार बोर्डिङ स्कुलले अञ्जुली बोर्डिङ स्कुललाई ३–१ ले पराजित गर्‍यो । मर्निङ ग्लोरी एकेडेमी स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २–१ ले पराजित गरेको फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिए ।

यसैगरी छात्रतर्फको क्रिकेटमा अल्फा एकेडेमीले रत्नज्योति माविलाई ५ विकेटले, चिल्डे«न एकेडेमीले नेसनल क्रियसनलाई ९ विकटले, त्रिवेणी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यु ग्यालेक्सीले बागमारा एकेडेमीलाई ३५ रनले पराजित गर्‍यो ।

त्यसैगरी मर्निङ ग्लोरीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली बोर्डिङ स्कुललाई ६ विकेट, हेम्जा बोर्डिङलाई ज्ञान ज्योति विद्याकुञ्जले ५ रनले पराजित गर्‍यो । शनिबार भएको पहिलो क्वाटर फाइनल खेल त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको छ ।

छात्र सेभेन ए साइड फुटबल प्रतियोगितातर्फ कास्की मोडनाइज्ड एकेडेमीले सिद्धिविनायक बोर्डिङ स्कुललाई २–० ले पराजित ग¥यो । त्यस्तै युनिभर्स बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई टाइबेकर ३–२ ले पराजित गर्दा न्यु लेखनाथ पब्लिक एकेडेमीले बागमार एकेडेमीलाई टाइबेकरमा २–१ ले पराजित गर्‍यो ।

नेसनल क्रियसनले कान्तिपुर एकेडेमीलाई टाइबेकरमा २–१ ले पराजित गरेको छात्रा सेभन ए साईड फुटबलका संयोजक हिमाल गुरुङले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन संघीय खेलकुद मन्त्री तेजुलाल चौधरीले २५ गते गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया