कवि त्रिपाठीको ‘मन्दिर पनि हजुरलाई’ सार्वजनिक

समाधान संवाददाता २०८१ मंसिर २३ गते १५:५८

पोखरा ।
कवि शिवप्रसाद त्रिपाठीको लोक आधुनिक गीत सार्वजनिक भएको छ । त्रिपाठीले आफ्नै स्वर र शब्द रचनामा मन्दिर पनि हजुरलाई बजारमा ल्याएका हुन् ।

Advertisement

आफ्नै युट्युब च्यानल शिव त्रिपाठीमा सार्वजनिक भएको गीतमा नवराज बरालको संगीत संयोजन छ । दि ओरफेज वेभ सेभेनमा रेकर्ड गरी सार्वजनिक भएको सो गीतमा प्रेमिकाले आफ्नो प्रेमीलाई व्यक्त गरेको भाव प्रस्तुत गरिएको छ ।


इन्जिनियरिङ अध्ययन संस्थान पश्चिममाञ्चल क्याम्पसमा प्राध्यापन गर्ने त्रिपाठी विभिन्न साहित्यिक सम्मानबाट सम्मानित भइसकेका छन् । त्रिपाठीका ‘राख्दा रहेछन् सबैजना,’ ‘मैले वर्षौ पछि देख्दा’ लगायत गीत निकै चर्चित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया