नुवाकोटमा २ बच्चासहित आमा मृत फेला

समाधान संवाददाता २०८१ मंसिर २३ गते १६:४४

नुवाकोट । नुवाकोट जिल्लाको किस्पाङमा आमासहित २ नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार बिहान ९ बजेको समयमा उनीहरु मृत फेला परेका हुन् । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोलीले छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया