एनप्याब्सन खेलकुद महोत्सव जारी

समाधान संवाददाता २०८१ मंसिर २४ गते ५:२६

पोखरा । एनप्याब्सन कास्कीले आयोजना गरेको १४ औं एनप्याब्सन खेलकुद महोत्सव जारी छ । आइतबार महोत्सव अन्तर्गत छात्र छात्र फुटबल, छात्र छात्र बास्केटबल, क्रिकेट प्रतियोगिता जारी रहे ।

Advertisement

छात्र फुटबल प्रतियोगितातर्फ गण्डकी एकेडेमी कास्कीले वीरेन्द्र मेमोरियल बोर्डिङ स्कुललाई ४–१, फेवा बोर्डिङ स्कुलले कान्तिपुर एकेडेमीलाई १–०, पुष्प सदन एकेडेमीले साइनिङ स्टार बोर्डिङ स्कुललाई टाइबेकरमा ४–३, एलपी देवकोटा मेमोरियल स्कुलले मर्निङ ग्लोरी एकेडेमीलाई टाइबेकरमा ५–४ ले पराजित गर्‍यो ।


यता, त्रिवेणी पब्लिक स्कुलले ओम एकेडेमीलाई ५–१, कास्की मोडनइज्ड एकेडेमी ज्ञानज्योति विद्याकुञ्ज माविलाई २–०, नेसनल क्रियसन एकेडेमीले इमानुयल स्कुललाई ३–० र युनिभर्स इंगलिस वोर्डिङ स्कुलले सिद्धिविनायक बोर्डिङ स्कुललाई ४–२ ले पराजित गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिए ।

आइतबार भएको छात्रा फुटबलतर्फ लिटल फ्लावर एजुकेसन एकेडेमीले लेवन रेसिडेन्टीयल स्कुललाई २–० ले पराजित गर्दा सनराइज प्रिप्याराटोरी स्कुलले गण्डकी एकेडेमीलाई १–० ले पराजित ग¥यो । बड्स एकेडेमीले चिल्ड्रेन एकेडेमीलाई टाइबेकरमा ३–१ ले पराजित गर्दा युनिभर्स इंगलिस बोर्डिङ स्कुलले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई १–० ले पराजित ग¥यो ।
हेमजा बोर्डिङ स्कुलले नेसनल क्रियसन एकेडेमीलाई ७–० ले पराजित गर्दा सनराइज प्रिप्याराटोरी स्कुलले लिटल फ्लावर एजुकेसन एकेडेमीलाई टाइबेकरमा १–० ले पराजित गर्दा कास्की मोडनाइज्ड एकेडेमीले बड्स एकेडेमीलाई टाइबेकरमा ३–२ ले पराजित गर्‍यो ।


सोमबार छात्रा फुटबलतर्फ पहिलो सेमिफाइन खेल बिहान कास्की मोडनाईज्ड एकेडेमी र सनराइज प्रिप्याराटोरी स्कुलबीच तथा हेमजा बोर्डिङ स्कुल र युनिभर्स इंगलिस बोर्डिङ स्कुलबीच हुने छात्र फुटबल संयोजक हिमाल गुरुङले जानकारी दिए । छात्र फुटबलको फाइनल खेल सोमबार दिउसो २ बजे हुनेछ ।

Advertisement

छात्र बास्केटबलतर्फ कास्की मोडनाइज्ड एकेडेमी साइनिङ स्टार बोर्डिङ स्कुललाई ३४–१८ ले पराजित ग¥यो भने सिद्धार्थ लवडेल वोर्डिङ स्कुलले हेमजा बोर्डिङ स्कुललाई ६–४ ले पराजित गर्‍यो ।

युनिभर्स बोर्डिङ स्कुलले गोर्खा इंगलिस बोर्डिङ स्कुललाई २९–१८ ले पराजित गर्दा न्यू ग्यालेक्सीले ३२–१८ ले पराजित ग¥यो । यता, त्रिवेणी पब्लिक स्कुले कास्की मोडनाईज्ड एकेडेमीलाई ४०–३० ले पराजित गर्दा न्यू ग्यालेक्सीले लिटल फ्लावर एजुकेसन एकेडेमीलाई ३४–२९ ले पराजित गर्‍यो ।

यसैगरी दश जोड दुई छात्र बास्केटबलतर्फ कास्की मोडनाईज्ड एकेडेमीले साइनिङ स्टार बोर्डिङ स्कुललाई ३९–२० ले पराजित गर्दा रत्नज्योति माविले न्यू लेखनाथ पब्लिक एकेडेमीलाई १८–८ ले पराजित गरेको बास्केटबल संयोजक वेदकुमार श्रेष्ठले जानकारी दिए ।

आइतबार भएको क्रिकेट तर्फ चिल्ड्रेन एकेडेमीले न्यू ग्यालेक्सीलाई ६ विकेटले पराजित गर्दा लिटिर फ्लावर एजुकेसन एकेडेमीले मर्निङ ग्लोरी एकेडेमीलाई ४४ रनले पराजित गर्‍यो । कास्की मोडनाइज्ड एकेडेमीले हेमजा बोर्डिङ स्कुललाई ५ विकेटले पराजित गर्‍यो ।

सोमबार कास्की मोडनाईज्ड एकेडेमी र लिटल फ्लावर एजुकेसन एकेडेमीबीच तथा चिल्ड्रेन एकेडेमी र त्रिवेणी पब्लिक स्कुलबीच सेमिफाइनलको खेल हुने क्रिकेट संयोजक रमेशराज पौडेलले जानकारी दिए । क्रिकेटको फाइनल खेल पनि सोमबार नै हुनेछ ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडी विद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने छन् । जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुने छन् भने सिनियर तर्फका खेलमा ३ हजार २ सय छात्र र २ हजार ६ सय छात्राले सहभागी जनाउनेछन् ।

कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । ४ दिनसम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जना विद्यार्थी पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।

शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ किमी सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, ह्यान्डबल, फुटसल, एथलेटिक्स छन् । मंसिर २५ गते औपचारिक रुपमा पोखरा रंगशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया