‘मानव अधिकार रक्षक भन्नै डर भयो’

समाधान संवाददाता २०८१ मंसिर २४ गते ५:३७

पोखरा ।
पीडित तथा समग्र समाजको हितका लागि जसले काम गर्छ, त्यो मानव अधिकार रक्षक हो । जसले मानव अधिकारको रक्षा गर्दै उल्लंघन गर्नेलाई कानुनी दायरासम्म पुर्‍याउने काम गर्छ । सोही कुरालाई मध्यनजर गर्दै आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसको अवसरमा मानवअधिकार रक्षक र उनीहरुको अधिकार विषयमा अन्तक्र्रिया भयो ।

Advertisement


अन्तक्र्रियामा कतिपयले अहिले मानव अधिकार रक्षक भन्नै डर हुने अवस्थाको सिर्जना भइरहेको सुनाए । दलित महिला संघ (फेडो)की ईश्वरी विकले आफूहरुलाई बारम्बार थ्रेट आउने गरेको सुनाइन् । ‘पोखरा २४ कि वडा सदस्य माया नेपालीमाथि जसरी आफ्नै वडाध्यक्षले जातीय विभेद गर्नुभयो । त्यसपछि एउटा सरकारको प्रतिनिधिमाथि भएको घटनालाई फेडोलेसाथ दियो । त्यसबिचमा हामीलाई यस्तो थ्रेट आयो । २ महिना जति निगरानीमा राख्ने काम भयो,’ उनले भनिन्, ‘अर्को एउटा पोखरा महानगरपालिका वडा नम्बर ३३ मा बलात्कारको थियो । त्यो मिलाइदिनुस् भनेर यति फोन धम्की आयो । फोन हान्ने तीन जना हुनुहुन्थ्यो ।’ मानव अधिकार रक्षक बनेर काम गर्दा अहिले धक्की आउने गरेको उनले सुनाइन् ।

शान्तिका लागि नागरिक समाजका पूर्वअध्यक्ष विष्णुप्रसाद बरालले अहिले मानव अधिकार रक्षकको भूमिकासमेत कमजोर हुँदै गएको सुनाए । ‘मानव अधिकार रक्षक पनि बायस भएका छन् । अब हामीले समीक्षा गरेर व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ । नत्र राज्यले रक्षकलाई कसरी सम्बोधन गर्छ,’ उनले भने, ‘मानव अधिकार रक्षक मिडिया हो । पत्रकार महासंघ पनि बायस भयो । महासंघको चुनाव भागबन्डा हुन्छ । अनि, मानव अधिकारको रक्षा कस्ले गर्ने ।’

उच्च अदालत बार एसोसिएसन पोखराका सहसचिव भुवन पराजुलीले अब मानव अधिकार रक्षकसमेत पहिचान हुन आवश्यक रहेको सुनाइन् । ‘मानव अधिकार रक्षकको पहिचना हुन आवश्यक छ । सुरु गण्डकी प्रदेशबाटै होस् । यहाँ जो पनि रक्षक भन्दै हिँड्दा पनि वास्तविक रक्षकहरु माथि अन्यय भएको छ । पहिचना हुने परिचय पत्र बनाउनुपर्छ,’ उनले भनिन् । शक्ति समूह गण्डकी सरिता पौडेलले मानव अधिकार रक्षकका लागि काम गरेर हिँड्दा बच्चालाई समेत जोगाउन अप्ठेरो भएको सुनाइन् । मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नितु गर्तौलाले आफूहरुको भूमिका बुझिदिन अनुरोध गरिन् । ‘मानव अधिकार आयोगले रवि लामिछानेमाथि भएको घटना बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका थियौं बाहिर निस्कदा, जबजस्ती यो भन भन्ने खालको प्रश्न आए । यस्तै कुरा सोध्दा कसलाई कुन, के सोध्दै छु भन्ने कुरा पनि ख्याल गर्नुपर्छ,’ उनले भनिन् । प्रश्न पनि बुझेर सोचेर मात्र दिनुपर्ने अवस्था भएको उनले सुनाइन् ।

आयोगको पदमा बसेर काम गर्दा मानव अधिकारको रक्षका लागि आफूले काम गर्ने उनको भनाइ थियो । इन्सेक गण्डकी प्रदेशमा प्रमुख शिव खकुरेलले पछिल्लो मानव अधिकार उल्लंघनका घटना बढिरहेको सुनाए । ‘हेल्थ वर्करहरु सबैभन्दा बढी भिक्टिम भएका छन् । मानव अधिकारकर्मी पनि त्यहाँ परेका छन् । पत्रकार, समाजसेवी र शिक्षक भिक्टिम हुनुले समाजमा अराजकता बढ्दै गएको देखिन्छ,’ उनले भने ।

Advertisement

पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्माले पत्रकारले सधैं मानव अधिकारका पक्षमा काम गरिरहेको सुनाए । गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारीले पत्रकार मानव अधिकारको पक्षमा काम गर्ने पहिलो व्यक्ति भएको सुनाइन् । उनले आफूहरु प्रेस रजिस्टारको कार्यालयलाई व्यवस्थित गर्न लागेको र आउँदा दिन थप मानव अधिकारको रक्षका लागि काम गर्ने सुनाइन् । द्वन्द्व पीडित दूधराज अधिकारी, स्वबलम्बन जीवन प्रदत्ति केन्द्र पूर्वअध्यक्ष गिरिधरी सुवेदी र मानवअधिकार एयरलायन्सका रामचन्द्र पौडेलले, राष्ट्रिय अपांग महासंघ गण्डकी सचिव कृष्णप्रसाद अधिकारी, रजनी केसी, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुलेल लगायतले बोलेका थिए । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष कृष्ण देवकोटाले गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा मावन अधिकारको रक्षकका योजना समेटिने वाचा गरे ।

गण्डकी प्रदेश मानव अधिकार महाभेलाकी संयोजक विना सिलवालले अहिले पनि छोराछोरीबिच भेदभाव कायम रहेको सुनाइन् । कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेश र इन्सेक, शक्ति समूह जागृति बाल तथा युवा सरोकार नेपाल, मानव अधिकार महाभेला गण्डकी, राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, एड्भोकेसी फोरम पोखरा र मानव अधिकार एलायन्स पोखराको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया